काठमाडौं– वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदा...
काठमाडौं–
वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन
उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २
नम्बर प्रदेश अन्र्तगत भएको स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर
नगरपालिकामा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी रिना कुमारी साह (कविता) ।
कविता मन्त्री साहकी श्रीमति हुन् ।
कविता २ नम्बर प्रदेशको पहिलो
महिला मेयरका रुपमा पनि निर्वाचित भएकी छन् । श्रीमान मन्त्री भइसकेपछि
श्रीमति मेयरमा चुनाव लड्ने कमै घट्नामध्ये साह दम्पति अपवादमा परेका छन्
।