काठमाडौं– संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन सरकारले तत्काल फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । बिही...
विद्यार्थीहरु कलेजमा नभएको चाडपर्वको समय पारेर गरिएको विद्यार्थी मारा उक्त संशोधन तत्काल फिर्ता नलिए आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्यहुने उनीहरुको चेतावनी छ । कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले ९ औं शिक्षा संशोधन ऐनले शैक्षिक गुणस्तर बढाउनेभन्दा पनि शिक्षा क्षेत्रमा झनै ठूलो समस्या निम्त्याउने खतरा औंल्याए । उनले राष्ट्रपतिले उक्त ऐनलाई लालमोहर लाउननहुने तर्क गरे ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले शिक्षामा गुणस्तरियता ल्याउने नाममा लाखौं विद्यार्थीहरुको भविष्यलाई अन्धकार बनाउने भएकाले संशोधन फिर्ता लिन नेपाल सरकारलाई आग्ह गरिन् ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्रले ऐन विद्यार्थीको हकहितको विरोधमा रहेको भन्दै कडा आपत्ति जनाए ।
source ratopati