काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी ...
काठमाडौं : यस हप्ता
नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो
फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि
अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक
साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
गतहप्ता कोही पनि नबाहिरिने निर्णय
आकस्मिक रुपमा गरिएको नभइ उक्त ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व
निर्धारित तालिका अनुसार नै गरिएको नेपाल आइडल आयोजकले जनाएको छ ।

यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना
सूचना
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट
बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र
सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त
भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको
जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन
गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको
एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।
