सुन्दरहरैचा/मोरङको सुन्दरहरैँचा नगरपालीका ४ स्थीत बलिया खापमा झुण्डिएको अवस्थामा फेला परेका ५३ बर्षिय शिरोमणी पौडेलले आत्महत्या गरेको नभई...

सुन्दरहरैँचा ४ बलियामा रहेको घरमा एक्लै
रहेका पौडेल झुण्डिएको अवस्थामा मंगलवार विहान गाउँले देखेका थिए । घाँटीमा
पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या
भएको भन्दै आफन्तले अनुसन्धान नगरी पोष्टमाटम गर्ने नदिने भन्दै विरोध
गरेका थिए । तर पोष्टमाटम पछि पनि अनुसन्धान गर्ने प्रहरीको आश्वसन पछि
उनीहरुले पोष्टमाटम गर्ने दिएका छन ।
मृतक पौडेलका स्वयम भाई पुन्य प्रसाद
पौडेलले दाईको हत्या भएको बताएका छन् । मृतक पौडेलका साढुभाई र सालाले केही
समय अघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको उनले दावी गरे । यस
अघि पनि दाईलाई वारम्वार कुटपिट भएको थियो अहिले पनि मारेको हो उनले भने ।
दाई आफै झुण्डेर नमरेको दावी गदै साडुभाई र सालाले मारेको उनको दावी छ ।
मेरो दाईको हत्या भएको छ ,प्रहरीले गम्भिर ढंगले अनुसन्धान गरोस मृतकका भाई
पुन्यले भने ।
घरायसी विषयमा मृतक र परिवारका
सदस्यहरुवीच झै झगडा भईरहने गरेको थियो । स्थानियले भने हत्या भएको बताउँदै
सालो र साढुभाई दोषी रहेको बताएका छन् । शंकास्पद अवस्थामा झुण्डिएको
भेटिएको भन्दै शव लान अवरोध गरेका थिए । उनीहरुले दोषी देखिएका भनिएका
व्यक्तिहरुलाई पक्राउ नगरे सम्म शव लान नदिने स्थानीयबासी समित वस्नेतले
वताएका थिए । उनले हत्या भएको भन्दै अनुसन्धान बलियो वनाउँन प्रहरी प्रशासन
समक्ष माग गरेका छन ।
स्थानियको दवाब र शंस्कास्पद देखिएका दुई
चुडामनी निरौला र कृष्ण पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । घटना केही
शंस्कास्पद देखिएको भएपनि हत्या वा आत्महत्या यकिन भन्न नसकिने प्रहरी सई
सुरेन्द्र ढुंगेलले बताएका छन् । प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान
गर्ने बताएपछि स्थानियले शव पोसमार्टमका लागि लान दिएका थिए । शव
पोष्टर्माटमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।