बेलबारी भदौ १९। मोरङ बेलबारी ११ लक्ष्मीमार्गमा "राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद, सबैका लागि खेलकुद " मुल नाराका साथ ...
बेलबारी भदौ १९। मोरङ बेलबारी ११ लक्ष्मीमार्गमा "राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद, सबैका लागि खेलकुद " मुल नाराका साथ प्रथम ऐतिहासिक बुद्ध एयर गोल्डकप २०७४ भदौ २४ गतेदेखि ३१ गतेसम्म हुन भएको छ।
प्रतियोगिता आयोजनाका लागि सम्पुर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको र अहिले खेलमैदान सरसफाइ र प्याराफिट निर्माण अन्तिम चरण मा पुगेको छ। कार्यक्रमका लागि स्थानिय स्तरमा र विभिन्न संघ सस्थामा आर्थिक संकलन भैरहेको आर्थिक संयोजक वर्ण राई ले बताउनु भयो।गोल्डकपमा झापा, मोरङ, सुनसरी, धनकुटा गरि ८ वटा टिमको सहभागी हुने खेल संयोजक उत्तम राईले दिए।
गाेल्डकपलाई बुद्ध एयरले मुख्य प्रायोजन गरेको छ साथै विभिन्न संघ सस्थाले सह-प्रायोजन गरेको छ।यश गाेल्डकपको मुख्य उदेश्य स्थानिय खेलाडीको क्षमता प्रष्पुटन गराइ स्थानिय तह देखि केन्द्रिय तहसम्म उत्कृष्ट खेलाडीहरु उत्पादन गराउन र स्थानिय पर्यटन बिकास र पर्यटन प्रवध्दन गर्ने रहेको छ। गोल्डकपबाट प्राप्त आम्दामी खेलकुद क्षेत्रको विकास र बाढिपीडित बालबालिका को शिक्षा मा खर्च गर्ने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम राईले जानकारि गराउनु भयो।
गाेल्डकपमा प्रथम हुने विजेता टिमलाई रु १ लाख ११ हजार १सय ११ , द्रोस्रो पुरस्कार ५१ हजार र सर्वोकृष्ट खेलाडी र खेल अवधीभर म्यान अफ दि म्याच लाई पुरस्कृत गरिने अध्यक्ष राई ले बताए। खेल लाई सभ्य र भब्यताका साथ सम्पन्न गराउन सहयोग गर्न हुन सबै पक्षलाई हार्दिक अपिल गरे। ऋषि राई



