काठमाडौं–सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेकोमा असन...

काठमाडौं–सत्तारुढ
नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले
चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेकोमा असन्तुष्टि व्यक्त
गरेका छन् ।
पूर्वमन्त्री थापाले
ओपीडी सेवानै बन्द गरेर सुरु गरिएको आन्दोलनको कार्यक्रम स्थगित गरेर
समस्या समाधानका लागि संवादको थालनी गर्न पनि चिकित्सकहरुलाई सुझाव दिए ।
सरकारले चिकित्सकबाटै क्षतिपूर्ति व्यहोराउने व्यवस्थासहितको विधेयक ल्याएको विरोधमा चिकित्सकहरुले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा ठप्प पारेका छन् ।
सरकारले चिकित्सकबाटै क्षतिपूर्ति व्यहोराउने व्यवस्थासहितको विधेयक ल्याएको विरोधमा चिकित्सकहरुले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा ठप्प पारेका छन् ।
सोही प्रसंग उल्लेख
गर्दै पूर्व मन्त्री थापाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दिने सेवा
बन्द गर्न चिकित्सकहरुले नमिल्ने पनि स्पष्ट पारे ।
मंगलबार चितवनको भरतपुरमा संचारकर्मीमाझ कुरा गर्दै उनले संवादमार्फत समस्या समाधान गर्न चिकित्सकसँग आग्रह पनि गरे ।
मंगलबार चितवनको भरतपुरमा संचारकर्मीमाझ कुरा गर्दै उनले संवादमार्फत समस्या समाधान गर्न चिकित्सकसँग आग्रह पनि गरे ।
पूर्व स्वास्थ्य मन्त्री थापाले सरकारले चिकित्सकहरुको माग सम्बोधन गर्ने कामलाई बेवास्ता नगर्ने विश्वास पनि व्यक्त गरे ।