पथरी/ सामाजिक सञ्जालहरुको भित्तामा राम्रो चर्चा बटुलेको ‘दारी ग्याङ्’ यतिबेला साच्चै सामाजिक काममा सक्रिय भएर चर्चा बटुल्दै आएको छ । दारी ...
पथरी/सामाजिक सञ्जालहरुको भित्तामा राम्रो चर्चा बटुलेको
‘दारी ग्याङ्’ यतिबेला साच्चै सामाजिक काममा सक्रिय भएर चर्चा बटुल्दै आएको
छ । दारी ग्याङले यतिबेला मोरङको पथरीशनिश्चरे–४ स्थीत शान्ति चौकका
पुर्णरुपमा अपाङ्गता भएको व्यक्ति विष्णु रसाइलीको घर निर्माण गरेर चर्चा
बटुलेको हो ।

‘गालामा
दारी काधमा जिम्मेवारी, मेरो दारी दुनियाँलाई किन भारी’ भन्ने मुल नारालाइ
आत्मासात गर्दै अगाडी बढेको यो दारी ग्याङले गत साउन २० गते सुनसरीको
इटहरीमा बैठक बसी रसाइलीको घर निर्माण गरिदिने निर्णय गरेको थियो ।
ग्याङ्ले १३ दिन अधि घर निमार्ण काम सुरु गरिसकेको थियो । अहिले निमार्ण
गर्ने काम लगभग ४० प्रतिशतले सकिएको ग्याङ्का मोरङ संयोजक प्रज्जवल रिजालले
बताए ।जगको काम सकेर वालमा ईटा जोड्ने काम हुदै छ । दशैको छेक पारेर
ग्याङ्ले सुबिधा युक्त घर हस्तान्तरण गर्ने तयारीमा रहेको संयोजक रिजाल बताउँछन् ।

ग्याङ्को अगुवाईमा दैनिक बिहान १० बजे घर
निमार्ण स्थलमा भेला भएर घर निमार्ण काम सुरु हुन्छ । बिहान सबैले आ-आफ्नो
घरमा खाना खाएर आएपछि दिउँसो २ बजे स्थानीय दारी ग्याङ्ले खाजाको दैनिक
व्यबस्था गर्ने गरेको छ । खाजामा मटर,चना र आलु मिसाएको तरकारीमा भूजा खाएर
दैनिक काम गर्नुको छुटै मज्जा हुने ग्याङ्का सदस्य साहिल सिलवाल बताउँछन् ।
ग्याङ्ले प्रत्येक दिन सामाजिक काम गरेको तस्वीरहरु सामाजिक सञ्जालमा
पोष्ट गर्ने गरेका छन् । सामाजिक सञ्जालमा अरुले देखे पछि काम गर्नेको र
आर्थिक सहयोग गर्नेको अहिले घुइचो हुदै आएको संयोजक रिजाल बताउँछन् ।
दैनिक काममा उनिहरुमात्र होइन् दारी
ग्याङ् काठ्माडौँ, वेलफार अफ नेसन विराटनगर,दारी ग्याङ् बिराटनगर,दारी
ग्याङ पथरी, डब्लुआरआर, म नेपाली ग्रुप लगाएतले दैनिक जसो आएर श्रमदान
गरिरहेका छन् । त्यसैगरी पथरीशनिश्चरे–३ को सुजनसिल युवा समूह,शान्ति युवा
क्लब लगाएतहरुले पनि आर्थिक सहयोग सहित एक–एक दिन श्रमदान गरिसकेको छ । एल
आकारको एक तले बन्दै गरेको घर अहिले ४० प्रतिशत काम सकि सकेको छ । घरको
लम्बाई २४ फुट र चौडाई १८ फुट रहेको घरमा तिन वटा कोठा र एक बरन्डा कोठा
गरी चारवटा कोठा भएको घर बन्दै गरेको हो । यस घरलाई स्थानीय ठेकेदार स्याम
घतानीले निःशुल्क काम गरिरहेको छ । श्रमदान नर्गदा ५ लाखको खर्च हुने घर हो
तर सबैले श्रमदान गरेको छ, अब जिन्सीहरुको सामान खरिद गर्दै घर निमार्ण
गर्दा सम्पन्न हुन जम्मा रकम २ लाख ५० हजार लाग्ने ठेकेदार घतानीले बताए ।
दारी ग्याङ्ले पुर्णरुपमा अपाङ्गता भएको
व्यक्तिको घर निमार्णको सामाजिक सञ्जालमा व्यापक भएपछि घर निमार्णको लागी
ग्याङ्लाई रकम दिनेको अहिले लर्को लागेको छ । अहिले ग्याङको हातमा घर बनाउन
सहयोग १ लाख भन्दा माथी जुटि सकेको छ । दाताहरुले ग्याङ्लाई रकम बाहेक
ईटा, बालुवा, सिमेन्ट,झ्याल लगाएत सहयोग गरेका छन् । बेलबारीको हेमन्त
श्रेष्ठले २१ हजार ३सय५० रुपैया,दमक मोगेल र युनिक कलेजबाट विद्यार्थीहरुले
७हजार ३सय ४६ रुपैया,पथरीको पञ्चायत मावि र रेड स्टार माविबाट ९हजार ६ सय
५० रुपैया, बैदेशिक रोजगारका लागी कतार गएका संघिन गुरुङबाट ७हजार२सय४६
रुपैया,रोषन बस्नेत ५ बोरा सिमेन्ट,कन्काई हार्डवयरले ७ बोरा सिमेन्ट,
बालकृष्ण कोइराला १ सेट झ्याल र १ थान ढोका लगाएत दारी ग्याङ्लाई दिएको छ ।
आउने क्रम जारी छ, पछिल्लो समयमा बैदेशिक रोजगारका लागी कोरीया गएका
नेपालीहरुले घर निमार्णको लागी रकम पठाउन लागेको संयोजक रिजालले बताए ।
पुर्णरुपले अपाङ्गता भएका विष्णु रसाइलीको
पढ्ने रहर बाल्यकालमै पुर्णविराम लागेको थियो । उनी कक्षा २ मा पढ्दै
गर्दा अचानक आफै हात र खुट्टा चल्न छोड्यो, हात खुट्टा चल्न छाडे पछि
बिभिन्न ठाउँमा उपचारको लागी लगियो तर निको भएन गहभरी आँसु झारदै उनका ७६
बर्षिय वृद्धा बुबा हरिस चन्द्र रसाइली सुनाउँछन् । अहिले घरमा बाबु र
अपाङ्गता छोरा बस्दै आएको छ । विष्णुलाई बाल्यकाल छर्दै उनका आमाले छाडेर
स्वर्गाबास गएको छ । भगवानले कस्तो दुःख दिनु भएको ? हरिस चन्द्र दुःख
पोख्छन् । वृद्धा बाबु हरिस चन्दले जिर्ण घर,भन्किएको टाटीको घरमा अहिले
अपाङ्ग छोरोलाई पालपोषण गर्दै आएका छन् । विष्णु हिडढुल गर्न सक्दैनन ।
दारी ग्याङ्मा विष्णु रसाइलीको कुरो
ग्याङ्को सदस्य रसाइलीको छिमेकी साहिल सिलवालले ल्याएपछि ग्याङ्ले भिजन
बनाएको पूर्वाञ्चल संयोजक बिनोद नेपाल बताउँछन् । ग्याङ्ले गत साउनमा पानी
बेचेर रसाइलीलाई सिरक,दसना लता कपडा र खानेकुरा दिएको थियो । नाम सुन्दा
निक्कै अनौठो लाग्छ ‘दारी ग्याङ्’ तर यो ग्याङ् नाममा मात्र सिमित छैन
समाजि काममा उतिकै अगाडी छ, थुप्रै उदाहरणीय कामहरु ग्याङ् गरिराखेका छन् ।
यतिबेला तराईका बिभिन्न जिल्लामा बाढीका कारण घरबारबिहिन भएकाहरुको
उद्धारमा समेत ग्याङ सक्रिय रहेको छ । त्यतिमात्र होइनन् विदेशमा अलपत्र
परेकाहरुलाई पनि उद्धार गरी सकुसल नेपाल पठाएका छन् ।
कतारस्थित स्टील ट्रेडिंग सप्लाई कम्पनीमा
कार्यरत अलपत्र परेका १८ नेपाली कामदारलाई ‘दारी ग्याङ्’ कतारले उद्धार
गरेको छ । अलपत्र नेपालीलाई सहयोग गर्दै सबैलाई नेपाल र्फकाएका थिए ।
अञ्जली ओभरसिज तथा हिमालय म्यानपावरबाट कतारको अल अब्दुल कम्पनीका लागि भनि
कागजपत्र गरेर आएका ती नेपालीहरुलाई सप्लाई कम्पनी स्टील ट्रेडिङमा विना
तलब काम लगाउँदै आईरहेको थियो । केही दिन देखि नी अलपत्र १६ नेपालीले गुहार
मग्दै आएका थिए । कम्पनीले कोठा भाडा नतिरेको कारण पीडितहरुलाई त्यहाँबाट
पनि निकालिएको थियो । जस्मा दारी ग्याङ् कतारले आफ्नै सयोगमा अलपत्र परेका
१८ नेपालीलाइ नेपाल फर्काएको छ । मोरङमा यसको स्थापना २०७२ साल भएको हो ।
छोटो समयमा ग्याङले सामाजीक सञ्जालमा ठुलै चर्चा बटुलेको छ । यसको सदस्य
कति छन् भनेर थाहा छैन् रे ग्याङ्लाई, देश र विदेशमा नै सदस्य रहेको
पूर्वाञ्चल संयोजक नेपाल बताउँछन् । कोहि यसको सदस्य बन्न चाहानुहुन्छ भने
यसको सदस्य बन्न गाह्रो छैन् । दारी ग्याङ्को फेसबुक ग्रुपमा न्यू ऐन्ट्री
गर्दा दुई वटा प्रश्न आउँछ रे, प्रश्नको सहि उत्तर दिएमा ग्रुपले मेमबर
बनाउने मोरङ संयोजक प्रज्वल रिजालले बताए ।


