काभ्रे - काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका...

काभ्रेको
बनेपाबाट डाँडापारि गइरहेको बा १४ च ९५५६ नंबरको बलेरो निगाले पुग्दा
बिहान पौने ११ बजे सडकबाट ६ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका
प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमा माहाभारत गाँउपालिका ६ जना रहेका छन् ।
बर्ष
३५ कि खेलीमाया बल, बर्ष २० कि पुतलीमाया बल, बर्ष २२ की महेन्दीमाया
जिम्बा, बर्ष २७ कि मनिता मोक्तान, बर्ष १९ कि कुमारी जिम्बाको घटनास्थलमै
मृत्यु भएको हो । नामथर नखुलेका एक पुरुष भने हराइरहेको जिल्ला प्रहरी
कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेपलाञ्चोक
जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको
ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । रातोपाटी