विश्व कीर्तिमान राख्ने काइदा पनि थरी–थरीका हुन्छन् । दक्षिण–पश्चिमी जर्मनीमा एक व्यक्तिले बियरका गिलास बोक्ने विषयमा कीर्त...

अक्टोबरफेस्ट नामक विश्वको सबैभन्दा भव्य बियर महोत्सव समेतको आयोजना हुने बाभारियाका ओलिभर स्ट्रुम्फेल नामक व्यक्तिले बियर भरिएका ३१ वटा गिलास एकसाथ दुईवटा हातले उठाए र ४० मिनेट परसम्म हिँडेर र गिलास एकसाथ भुइँमा राखे । तर यसरी भुइँमा राख्ने क्रममा २ वटा गिलास खसे । जसका कारण विश्वकीर्तिमान चाहिँ जम्मा २९ वटा गिलासको रहेको छ । बियर भरिएका ती गिलासको जम्माजम्मी तौल ६९ किलो थियो ।
यस्तो कीर्तिमानी कार्य उनले सानो मेहेनतले गरेका होइनन् । उनले आइतबारको उक्त कीर्तिमानी कार्यका लागि फेब्रुअरी महिनादेखि हरेक हप्ता ३–४ पटकसम्म अभ्यास गर्दथे ।
आफूले बियरका बोतल लिएर ४० सेकेण्डजति हिँड्दा आफूलाई २ सय घन्टा हिँडेजस्तो महसुस भएको उनले बताए ।
स्मरण रहोस् उनै व्यक्तिले सन् २०१४ मा २५ वटा बियर भरिएका बोतल यसरी उठाएर कीर्तिमान कायम गरेका थिए र अहिले आफ्नो सोही कीर्तिमान भंग गरेका हुन् ।