कलैया - पतरौता नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरम नेपालको जित भएको छ । बारामा पहिलो नगरपालिकाको परिणाम आएअनुसार संघीय समाजवादी फ...
कलैया - पतरौता नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।
बारामा पहिलो नगरपालिकाको परिणाम आएअनुसार संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार हजार ६८२ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए ।
उनका निकतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ताले दुई हजार ५३७ मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा राजपा नेपालका इन्दुकुमारी साह विजयी हुनुभएको छ । उनले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालका ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गरेका छन् ।
यसैगरी, वडा नं १ मा नेकपा ९एमाले० का जगतनारायण यादव वडा नं २ मा संघीय समाजवादी फोरमका मनोजकुमार यादव, वडा नं ३ मा माओवादी केन्द्रका धेनुक महतो, वडा नं ४ मा संघीय समाजवादी फोरमका कन्हैयालाल यादव, वडा नं ५ मा संघीय समाजवादीकै लक्ष्मी यादव, वडा नं ६ मा राजपाका मकबुल मियाँ, वडा नं ७ मा एमालेका दीनानाथ सहनी, वडा नं ८ मा काँग्रेसका सर्वजित राय यादव र वडा नं ९ मा नेकाकै गौरीशंकर साह कानु निर्वाचित भएका छन् ।
मतगणनामा २०० मत बदर भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले जानकारी दिए । source ratopati