काठमाडौं– नेपाल चिकित्सक संघले मन्त्रिपरिषद्को आकस्मिक बैठकले विज्ञप्ती जारी गरी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रत...
काठमाडौं–
नेपाल चिकित्सक संघले मन्त्रिपरिषद्को आकस्मिक बैठकले विज्ञप्ती जारी गरी
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रतिबद्धता बिना
फिर्ता गराउन गरेको आग्रहलाई सरकारी गैर जिम्मेवारी भनेको छ । संघले सोमबार
बेलुका विज्ञप्ति जारी गर्दै सरकारको उक्त गैरजिम्मेवारी व्यवहारप्रति
आपत्ति प्रकट गरेको छ । संघले सरकारी प्रतिवद्धता फितलो भएको भन्दै घोषणा गरेको देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कायमै रहेको संघका महासचिव लोचन कार्कीले जनाएका छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि बार्तामार्फत समस्या समाधान गर्ने निर्णय गरेको थियो ।
ratopati

