भोजपुर । भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् । टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती...
टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् ।
जन्मदिने
आमा गुमाएका ती बालकसहित एकै घरका पाँचजना बालबच्चा ७६ वर्षीया हजुरआमा
रत्नकुमारी तामाङको साथमा रहेको स्थानीयवासीले बताएका छन् ।
बाबु हर्कबहादुर तामाङले मदिरा सेवन गरी आमा मीना तामाङको गत चैत २० गते हत्या गरेपछि बाबु जिल्ला कारागारमा छन् ।
सफल
तामाङ नाम रहेका १४ महिनाका ती बालकलाई प्रत्यक्ष देखेर भोजपुर
नगरपालिकाका प्रमुख कैलाश आलेले तत्काल संरक्षणका लागि विशेष पहल गरिरहेको
बताए ।
तेह्र वर्षीय सौगात तामाङ, आठ
वर्षीया शिशिरा तामाङ, पाँच वर्षीय सगुन, तीन वर्षीया सिमाना र १४ महिनाका
सफल तामाङ यसरी बेसहारा बनेका हुन् । रासस