साजन राई, बोराबाँध असोज ९, प्रदेश नं. २ को स्थानिय निर्वाचन सकिए लगतै नेताहरू संघ र प्रदेशको चुनावका लागि तातिन थालेका छन् । कतिले संघ र प्...

साजन राई, बोराबाँध असोज ९, प्रदेश नं. २ को स्थानिय निर्वाचन सकिए लगतै नेताहरू संघ र प्रदेशको चुनावका लागि तातिन थालेका छन् । कतिले संघ र प्रदेशको उमेद्वारका लागि आफ्नो नाम सुनिश्चित गरी सकेका छन् । भने कति दौउडधुपमा छन् । यसै विच बेलबारीका स्थानिय एमाले नेता मिलन राई पनि प्रदेशमा उठ्ने भएका छन् । आज साहासी खवरसंगको भेटमा राईले आफु पनि प्रदेशमा उठ्ने खुलासा गरेका हुन् । ‘प्रदेशमा दुई जना उठ्न पाउने भएपछि मैले पनि उमेदवारी दिने निर्णय गरेको हुँ ।’ राईले बताए । उनले मोरङको निर्वाचन क्षेत्र नं. ४ को (क) शाखाबाट आफ्नो उमेद्वारी दिन लागेका हुन् । सो निर्वाचन क्षेत्रमा प्रदेशका लागि क र ख गरी दुई शाखा छन् । क शाखामा बेलबारी न.पा.को वडा नं. ५, ६, ७, ग्रामथान गा.पा, कटारी न.पा. वडा नं.४, ५, ६,७ र विराटनगर म.न.पा.को वडा नं. १९ रहेको छ । पार्टीले दिकट दिए जित्ने राईको दाबा छ । पार्टीले टिकट दिए जित्ने दाबा गरी रहेका राईलाई कतिले कलिलो मानेका छन् । भने कतिले लामो समय पार्टीको जिम्मेवारी लिएर राम्रो काम गरिरहेकाले उनैले टिकट पाउनु पर्ने बताउँछन् । टिकटका लागि तीन जनाको नाम परेको स्रोतको भनाई छ ।