धरान / धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा माननीय बाणिज्य मन्त्रि मिन बहादुर बिश्वकर्मालाई पुर्...
धरान / धरानको
प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा
माननीय बाणिज्य मन्त्रि मिन बहादुर बिश्वकर्मालाई पुर्वान्चलकै
प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पुर्वान्चल “ को आयोजक संस्था सिल्भर
इन्टरटेनमेन्टले मिस पुर्वान्चल २०१७का सहभागी प्रतिस्प्रधीहरु माझ धरान
इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गरेको छ ।
सिल्भर
इन्टरटेनमेन्टका सल्लाहकार सन्दिप श्रेष्ठ र अध्यक्ष्य दिपक बनेपालीले
खादा ओढाएर तथा सल्लाहकार श्रेष्ठले सम्मान पत्र माननीय बाणिज्य मन्त्रि
मिन बहादुर बिश्वकर्मालाई दिनुभएको थियो ।

सोहि समारोहमा अध्यक्ष्य बनेपालीले माननीय
मन्त्रि ज्युलाई यो बर्षको टिकट बाट उठेको सम्पूर्ण रकम इटहरीको गैरीगाउँ
स्थित बाढी पिडितको लागि खर्च गरिने जन्करिदिनुभयो भने सल्लाहकार श्रेष्ठले
माननीय मन्त्रि ज्युलाई सफल कार्यकालको लागि सुभकामना दिनु हुदै मिस
पुर्वान्चल नाफामुखी भन्दा पनि सेवामुखी भएको बताउनुहुदै मन्त्रि ज्युबाट
सक्दो सहयोगको अपेक्षा राख्नु भएको थियो ।
माननीय बाणिज्य मन्त्रि मिन बहादुर
बिश्वकर्माले आर्ट्स पढेको आफु अहिले बाणिज्य बिभाग सम्हाल्न पुगेको
बताउनुहुदै हरेक कुरामा आफ्नी क्षमता अभिबृदी गर्दै लाने हो भने जुनसुकै
क्षेत्रमा आफुलाई सफल बनाउन सकिने बताउनुहुदै सम्पूर्ण सहभागी हरुलाई
सुभकामना दिनु भएको थियो ।
कार्यकर्ममा सिल्भर इन्टरटेनमेन्टका
निर्देशक सौरभ श्रेष्ठ , मिस पुर्वान्चल २०१७ का बरिस्ठ प्रशिक्षक् तथा
प्राध्यापक राजबिमल श्रेष्ठ , प्रशिक्षक् तथा प्राध्यापक रबिन्द्र थापा ,
सिल्भर इन्टरटेनमेन्टका सदस्यहरु शत्रुघन अन्सारी , सौगात रिजाल ,प्रकाश
लकान्द्री लगायतको उपस्थिति रहेको थियो भने कार्यकर्म संचालन मिस
पुर्वान्चल २०१५ कि सेकन्ड रनर अप तथा मिस पुर्वान्चल २०१७ कि ट्रेनर
प्रमिशा बज्राचार्यले गरेकी थिइन ।