सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक...
सन्तानलाई अत्यन्तै माया गर्ने आमाले
आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ ।
तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत
सँगै लिएर आत्महत्या गरेकी छिन् ।
आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा
बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको
आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
भारतको रेवाडीकी ती महिलाका माइतीले उनका
श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको
आरोप लगाएका छन् । मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको
बताइएको छ ।

उनको बिहे ८ वर्षअघि
अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका
कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको
विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ ।डिसी नेपालकाे सहयाेगमा purbeli news source