पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ...

पूर्वपश्चिम
राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच
जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा
परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४
वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा
साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा
परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको
छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट
जाँदै गरेको लु १० प ६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको
थियो ।
मोरङमा मोटरसाइकल चालकको मृत्यु
मोरङको उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दक्षिणबाट
उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० नंको
मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका– १० बस्ने ४० वर्षीय मदन
आचार्यको मृत्यु भएको हो ।
मंगलबार
अपराह्न पिकअपको ठक्करबाट गम्भीर घाइते उनको अरनिको अस्पताल उर्लाबारीमा
उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी
निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । भ्यान प्रहरीको नियन्त्रणमा छ
। चालक फरार रहेकाले खोजी भइरेहको प्रहरीले जनाएको छ । रासस