काठमाडौ - त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन् । सरकारले...

काठमाडौ - त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन् ।
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाएका छन् ।
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाएका छन् ।
डा.
केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए ।
केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा
नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।
व्यवस्थापिका–संसद्को
असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो
। प्रा. डा. केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण,
त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् । रासस