१८ भदौ, जनकपुर । राति परेको अविरल वर्षाले धनुषा जिल्लाका सरकारी कार्यालय डुबानमा परेका छन् । पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेक...
१८ भदौ, जनकपुर । राति परेको अविरल वर्षाले धनुषा जिल्लाका सरकारी कार्यालय डुबानमा परेका छन् ।
पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई फिटभन्दा माथि पानी जमेको छ ।
एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणको कार्य गर्दा ह्युम पाइप राख्दा गरेको लापरबाहीले पानीको बहाव बन्द भई राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण र जिल्ला प्रहरी कार्यालय परिसर डुबानमा परेको छ ।
पानीले प्रजिअको आवास क्षेत्रस्थित सुरक्षा गार्ड परिसर पनि जलमग्न भएको छ ।

