काठमाडौँ– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये शनिबार अपराह्न ४ बजेसम्म १०९ वटा स्थानीय तहको ...

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) बाट शनिबार अपरान्ह ४ बजे प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, नेकपा (एमाले) १३, नेकपा माओवादी केन्द्रका १९, राष्ट्रिय जनता पार्टी नेपालका १८, संघीय समाजवादी फोरम नेपालका २०, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ स्थानीय तहमा विजयी भएका छन् ।
यसैगरी, अहिलेसम्म ११०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ । आयोगमा अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका १,२७१ वडाका लागि निर्वाचन भएको थियो ।