धनुषा– धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ५ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमा एमाले २, कांग्रेस २ र राजपा नेपालले १ स्थानीय तहमा ...

अन्तिम मत परिणाम आएकामध्ये औरहीको प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी भएका छन् । धनुषाकै जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी भएका छन् ।
त्यस्तै यो जिल्लामा एमालेबाट बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह तथा धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् ।
राजपा नेपालका उम्मेदवार धनुषाको हंसपुर नगरपालिकामा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयरमा विजयी भएका छन् । अन्य जिल्लाका स्थानीय तहमध्ये धनुषाका स्थानीय तहको मतगणना केही छरितो ढंगले भइरहेको छ ।source ratopati