इटहरीका सांसदलार्इ नगरवासीकाे प्रश्न – याे फुटपाथ कहिले बन्छ ? इटहरी । बढदो सवारी स...
इटहरीका सांसदलार्इ नगरवासीकाे प्रश्न – याे फुटपाथ कहिले बन्छ ?
इटहरी । बढदो
सवारी साधनको चाप र स्थानीय पैदल यात्रुहरूको मार्कालाई ध्यानमा राख्दै
इटहरीस्थित टेंग्रा पुल आसपास निर्माण गर्ने भनीएको फुटपाथ बिचमा आएर र
रोकिएको छ । गत कार्तिक महिनामा सुनसरी क्षेत्र नं २ का एमाले सांसद रेवति
रमण भण्डारीले शिलन्यास गरेका फुटपाथ राजनीतिक खिचातानी संगै निर्माण कार्य
रोकीएको हो । नेपाल सरकार अन्तरगत सडक विभागको लागतमा ३४ मिटर लामो र साढे
२ फिट चौडाईको पक्की फुटपाथ आउदो बैशाख महिना भित्र निर्माण भइसक्ने गरि
कार्य बिभाजन गरिएको थियो ।
यस अघीपनि बिभागको लापर्वाहीले नक्साङकन उल्टो परिदिदा निर्माण कार्य रोकिएको थियो ।
यस अघीपनि बिभागको लापर्वाहीले नक्साङकन उल्टो परिदिदा निर्माण कार्य रोकिएको थियो ।
यो पटक इटहरीमा रहेका राजनीतिक खिचातानी
संगै बिभागले चासो नदिदा र ठेकेदार कम्पनीको लापर्वाहीका कारण निर्माण हुदै
गरेको फुटपाथ त्यतिकै अलपत्र अवस्थामा रहेको छ । पूर्वपश्चिम राजमार्ग
अन्र्तगत इटहरीको टेंग्रा खोलाको पुलको जोखिम कम गर्न र स्थानीय पैदल
यात्री सहित बढदो सवारी जामलाई नियन्त्रण गर्न इटहरीको टेंग्रा पुलछेउ
अर्काे पक्कप् पुल बन्नेगरी फुटपाथ निर्माण थालीएको थियो ।

आउदो बैशाख महिना भित्र निर्माण पुरा
गरीसक्न ठेकेदार कम्पनीलाई सुनसरी क्षेत्र नं २ सांसद तथा एमाले नेता रेवती
रमण भण्डारीले निर्देशन दिएका थिए ।उक्त फुटपाथ निर्माण कार्यलाई तोकिएको
समयभित्रै निर्माण पुरा गर्न सडक डिभिजन कार्यालयले काठमाण्डौको कार्की
बन्धु श्रीकृष्ण जेभीलाई ७५ लाख ६७ हजारमा ठेक्का दिएको थियो । यता बन्दा
बन्दै गरेको फुटपाथ अचानक रोकिएपछि स्थानीय पैदलयात्रीहरू रूष्ट देखिएका छन
।
पटक पटक निर्माण कार्य सुरू हुदै रोकिदै
गर्दा स्थानीयहरू पनि रूस्ट बनेका हुन । फुटपाथ निर्माणमा ढिलाई हुदा
टेंग्रा पुल जोखिम्मा पर्नुका साथै सो क्षेत्रमा सवारी दुर्घटना बढन थालेका
छन । पुल आसपासका खाल्डाखुल्डीका कारण सडकमा आवतजावत गर्ने स्थानीय
पैदलयात्रीहरू समेत समसयामा परेका छन ।समस्यामा परेका स्थानीय जगरवासीहरूले
सांसद रेवति रमण भण्डारीलाई इटहरीको टेंग्रा पुल छेउमा बन्ने भनिएको
फुटपाथ कहिले बन्छ भन्दै प्रस्न गर्न थालेका छन । यता यस बिषयमा सांसद
भण्डारीले अहिले आफुले केही बोल्न नमिल्ने बताएका छन । सबै जिम्मा सडक
बिभागको रहेको कारण उतै गएर बुझ्न आग्रह समेत गरेका छन ।