काठमाडौं–लागुऔषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभि...
काठमाडौं–लागुऔषध
नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ
गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभियन नागरिक अधेमर अनेज
लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो ।
२७
वर्षीय बोलिभियन नागरिक लोपेज बोलिभियाबाट ब्राजिल दुबई हुँदै नेपाल
प्रवेश गरेका थिए । शनिवार साँझ ठमेलमा भारतिय महिला कमार जहानलाई कोकिन
हस्तान्तरण गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । ५९ वर्षिय
भारतीय महिला यस अघि पाकिस्तान पनि पुगेको उनको पासर्पोटमा देखिएको लागुऔषध
नियन्त्रण व्युरोका प्रमुख डिआईजी ठुले राईले बताए । व्युरोले भारतिय
महिला भरियाको रुपमा कार्य गरिररहेको ठहर गरेको छ ।
व्युरोले
बोलिभियन नागरिक भने पहिलोपटक नेपाल प्रवेश गरेको जानकारी गराएको छ । लागु
औषधको कारोवारीले कोकिनलाई व्यागको रंग रुपान्तरण गरि गर्नको लागि कालो
रंगमा परिणत गरेको व्युरोले जनाएको छ । व्युरोले लागुऔषधका कारोवारीको
अनुसन्धान भईरहेकोले थप विषय खुल्दै जाने बताएको छ ।
बोलेभियन
नागरिकको लोपेज तिन दिन अघि नेपाल प्रवेश गरेको व्युरोले जनाएको छ । उनको
निगरानी बढाएपश्चात लागुऔषध सहित कारोवारीलाई नियन्त्रणमा लिएको व्युरोले
जानकारी गराएको छ । बरामद गरिएको लागुऔषधको मुल्य एकिङ नभएको डिआइजी राईले
जानकारी गराए ।
व्युरोले बर्दिया मधुवन ९ का लक्ष्मण विकलाई खैरो हिरोईन तिन ग्राम र ललितपुर गोदावरीबाट र सोहि स्थान घर भएका हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित ठुलो भ–याङबाट पक्राउ गरिएको जानकारी गराएको छ ।
व्युरोले बर्दिया मधुवन ९ का लक्ष्मण विकलाई खैरो हिरोईन तिन ग्राम र ललितपुर गोदावरीबाट र सोहि स्थान घर भएका हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित ठुलो भ–याङबाट पक्राउ गरिएको जानकारी गराएको छ ।
व्युरोले
सिन्धुपाल्चोक भोटेकोशीका देवेन्द्र कार्की त्रियुगा उदयपुरका पेम्वा
शेर्पा र काभ्रे तेमालका बिक्रम तामाङलाई डाइजेपाम –५१५,ब्रुफेनफिन ५१५
,फेनारागन ५०० साथै १५३० एम्पुल र नाइट्राभेट २८ पिस सहित बल्खुबाट पक्राउ
गरिएको जानकारी गराएको छ । देवेन्द्र कार्की पटके अभियुक्त भएको व्युरोले
जानकारी गराएको छ । कार्कीले पाँच वर्ष कैद भुक्तान गरि गत मंसिरमा छुटेका
थिए । ratopati

