१७ भदौ, नेपालगञ्ज । ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ईर्र्द-उल-अजहा (बकर ईद) नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक प्राथाना ‘नमाज’ पढ...

इस्लामिक तारिक हिजरी संवत १४३८ जिलहिज्जा (महिना)को १० तारिकबाट सुरु हुने सो पर्व मनाउनको लागि शनिबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको ईदगाह मस्जीदमा नेपालगन्ज र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो ।
उनीहरुले एक आपसमा बकरीदको अवसरमा ‘इद मुबारक’भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे ।
तीन दिनसम्म मनाईने यो पर्वको मुस्लिम समुदायमा छुट्टै महत्व छ ।
तीर्थाटन र बलिदानको पर्वको रुपमा मनाइने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरु विहान ईदगाहमा सामूहिक नमाज पढेर आफ्नो गक्ष अनुसार पर्व मनाउन तल्लिन छन् ।
नेपालगन्जको विपिचोकमा रहेको ईदगाह मस्जिदमा इस्लाम धर्मावलम्वीले मुलुकमा शान्ति अमनचैनको माग गर्दै सामुहिक नामज पढेर एक अर्कासित अंगालो मार्दै मनाउन सुरु गरेका छन् ।
तीन दिनसम्म मनाईने यो पर्वमा हज (तीर्थ) र कुर्वानी (बली) गर्नुपर्ने प्रमुख विषेशता छ । बकर ईदमा इस्लाम धर्मावलम्वीहरुका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वली कुर्वानी दिने प्रचलन रहेको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले जानकारी दिए ।
नेपालगञ्जमा बकर ईदको लागि कुर्वानी (बली) दिन हजारबढी पशुहरु भित्र्याइएको अनुमान छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उँटको कुर्वानी दिने चलन छ ।
कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मदरसा दारुल उलुम बरकातिया माध्यामिक विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानी बताउँछन ।
सञ्चारकर्मी शकिल अहमद कादरीका अनुसार बकराईदको नमाज पढेलगत्तै गरिब, टुहुराहरुलाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । मुस्लिम समूदायले यस पर्वका अवसरमा समेत साउदीको मक्का मदीनामा हज गर्न जाने गर्दछन ।
यो वर्ष बाँके ९८ जना नेपाली मुस्लिमहरु तीर्थटनको लागि साउदी अरेवियाको मक्का मदिना गएका छन् ।