स वारी दुर्घटनामा घाइते भएका कपिलवस्तुको वाणगंगा नगरपालिका–६ का ज्ञानबहादुर थारू फलोअपका लागि आइतबार बिहान राजधानीको महाराजगन्जस्थित त्र...
सवारी
दुर्घटनामा घाइते भएका कपिलवस्तुको वाणगंगा नगरपालिका–६ का ज्ञानबहादुर
थारू फलोअपका लागि आइतबार बिहान राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण
अस्पताल आइपुग्दा चिकित्सकहरूको ‘अनिश्चितकालीन ओपीडी बन्द’का कारण उपचार
नपाएपछि फर्कंदै । तस्विर कान्तिपुर
सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् ।
सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा.किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार करिब दुई घण्टा वार्ता भए पनि टुंगोमा पुग्न सकेन ।
सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा.श्रेष्ठले बताए ।
‘हाम्रा मागमा स्वास्थ्य मन्त्रीले लिखित प्रतिबद्घता दिन नसक्ने भनेपछि हामीले बाध्य भएर आन्दोलन जारी राख्नुपरेको हो,’ चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले भने, ‘असल नियतले उपचार गर्दा पनि बिरामीको मृत्यु भए लाखौं तिर्नुपर्ने, कुटाइ खानुपर्ने अवस्था नहटेसम्म काममा फर्क भनेर कसरी भन्नु ?’
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन निर्देशन दिने सरकारी निर्णयप्रति विरोध जनाउँदै उनीहरूले सेवा बन्द गरेका हुन् । यो खबर आजको कान्तिपुरमा छ