तरहरा / पौडी खेल्ने क्रममा आइतबार अपरान्ह एक युवकको मृत्यु भएको छ । रामधुनी नगरपालिका ७ स्थित चौसठ्ठी बिगाहामा १६/१७ जनाको समूहमा पौडी ...
तरहरा / पौडी खेल्ने क्रममा आइतबार अपरान्ह एक युवकको मृत्यु भएको छ
। रामधुनी नगरपालिका ७ स्थित चौसठ्ठी बिगाहामा १६/१७ जनाको समूहमा पौडी
खेल्न गएका इटहरी २० तरहराका १८ बर्षीय रबि राईको पौडी खेल्ने क्रममा
मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पकलीका इन्सपेक्टर सान्ताराम
कार्कीले दिएको जानकारी अनुसार तरहरा स्थित फुटसलमा फुटसल खेलेर गर्मी भएको
कारणले गर्दा नुहाँउन गएको र पौडी खेलेर बिचमा पुगेपछि पौडन नसक्दा मृत्य
भएको हो ।कार्कीले भने, “सबैजना पौडी खेलेर निस्किएपछि पुनः पौडी खेल्दै पारी जाने भनी दुईजना युवाहरु पारी गएको र उनी पनि जाँदा बिचमा पुगेपछि पौडन नसक्दा घाइते भएका राईको उपचारको क्रममा मृत्यु भयो ।” बिचमा पुगेर डुबेको अबस्थामा स्थानीय र सँगैका साथीहरुले निकाले पछि उपचारका लागी धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए ।

