काठमाडौं–डाक्टर गोविन्द केसीका समर्थक विद्यार्थीले सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको मुख्य गेट अगाडि प्रर्दशन गरेका छन् । चिकित्सा ...
चिकित्सा
शिक्षा विधेयकको विरोध गर्दै समर्थक विद्यार्थीले निषेधित क्षेत्रमा
प्रर्दशन गर्दै धर्ना बसेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
गोविन्द केसीको माग पुरा गर्, शिक्षा मन्त्री राजीनामा देउ जस्ता नाराबाजी
गर्दै विद्यार्थीहरु मुख्य प्रवेशद्धारमा धर्ना बसेपछि प्रहरीले उनीहरुलाई
नियन्त्रणमा लिएको हो ।
चिकित्सा
शिक्षा विधेयकले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै उनीहरुले
सो विधेयक खारेज गर्न माग गरेका छन् । केसीका समर्थकले प्रधानमन्त्री
शेरबहादुर देउवाको राजिनामा माग गरेका छन् । ratopati