काठमाडौं–पोखराको लखनचोकमा प्रतिस्थापित नेपालका प्रथम शहीद लखन थापा मगरको शालिकलाई हिजो मध्यरातमा त्यहाँको स्थानीय प्रशासन, पोखरा महानगरपा...
काठमाडौं–पोखराको
लखनचोकमा प्रतिस्थापित नेपालका प्रथम शहीद लखन थापा मगरको शालिकलाई हिजो
मध्यरातमा त्यहाँको स्थानीय प्रशासन, पोखरा महानगरपालिका र पश्चिमाञ्चल
सडक डिविजन कार्यालयले सडक सुधार तथा ट्राफिक व्यवस्थापनको निहुँमा डोजर
लगाई भत्काएको भन्दै आदिवासी÷जनजाति राष्ट्रिय महासंघ, नेपालले भत्र्सना
गरेको छ ।महासंघका महासचिव सुरेश आले मगरले एक विज्ञप्ति जारी गर्दै सरोकारवालाहरू कसैलाई पनि जानकारीसमेत नदिई रातमा गरिएको उक्त कार्यले नेपालका निरंकुश जहानियाँ राणा शासनका विरूद्ध लड्दा आफ्नो जीवनको बलिदानी दिने मगरको घोर अपमान भएको बताएका छन् ।
विज्ञप्तिमा शालिक भत्काएर सम्पूर्ण मगरलगायतका आदिवासी÷जनजातिहरू तथा गणतन्त्रवादीहरूको भावनामा चोट पुगेको समेत विज्ञप्तिमा उल्लेख गरिँदै शालिकलाई तुरून्त यथास्थानमा ल्याएर पुनः प्रतिस्थापित गर्न माग गरिएको छ ।
रातोपाटी

