सोसल मिडिया अर्थात् फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्म जहाँ हामी टाढा टाढा बसेरै आफ्ना साथीभाई तथा जोकोहीसँग पनि सम्बन्धमा गाँसिन...
सोसल मिडिया अर्थात् फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्म जहाँ
हामी टाढा टाढा बसेरै आफ्ना साथीभाई तथा जोकोहीसँग पनि सम्बन्धमा गाँसिन
सक्दछौं । अनि हाम्रो दैनिक जीवनका क्षणहरु शेयर गर्दछौं ।
यो भयो हामीजस्ता मामुली मान्छेको कुरा । हामी आफू मामुली नै किन नहोऔं । तर, आज जोकोही पनि दुनियाँकै धनी मानिसहरुको जीवन, उनीहरुको जीवनशैली तथा रहनसहनका बारेमा जान्न चाहन्छौं । दुनियाँका ठूल्ठूला हस्ती, धनाढ्यहरु एकअर्कासँग कसरी सम्पर्कमा रहन्छन् त ? कसरी कुराकानी गर्दछन् त ?
कतिपय धनाढ्यहरु फेसबुक, ट्विटर आदिमा उपलब्ध होलान् । तर यी सार्वजनिक सोसल साइटको अलावा अन्य केही साइटहरु पनि छन् जो केबल धनी मानिसहरुका लागि मात्रै भनेर बनाइएको छ । यहाँ कुनै गरीब वा आम सर्वसाधारण मानिसको प्रवेश निषेध नै हुन्छ ।
धनीले चलाउने ती सोसल मिडिया तथा एपहरुमा गरीबले छिर्ने कुरा सपनामा पनि सोच्न असम्भव छ । यस्ता एप्स छन् जहाँ अकाउन्ट खोल्नकै लागि मोटो रकम तिर्नुपर्दछ । धनीका लागि खोलिएका एप तथा सोसल नेटवर्क यी हुन्ः
· ASmallWorld अर्थात् ASW
· ELEQT
· Marque
· rayatheapp

