ह्रथुम/ तेह्रथुम र धनकुटाका विभिन्न सडक खण्ड मर्मतको काम गरेको करोडौं रुपैंया पैसा माग गर्दै पिडीतहरुले निर्मँण कम्पनीको कार्यालयमा तालावन...
ह्रथुम/तेह्रथुम
र धनकुटाका विभिन्न सडक खण्ड मर्मतको काम गरेको करोडौं रुपैंया पैसा माग
गर्दै पिडीतहरुले निर्मँण कम्पनीको कार्यालयमा तालावन्दी गरी आन्दोलन शुरु
गरेका छन् ।

काठमाडौंमा रहेको वाईपी कन्ट्रकसनले काम
लगाएर पैसा नदीएको भन्दै पेटी ठेकेदार सहित कामदार, पेट्रोल पम्प संचालक,
होटल व्यवसायी, हार्डवयर व्यवसायी, किराना पसले लगायतका २ सय वढी
पिडीतहरुले धनकुटाको सिंधुवामा रहेको निर्माण कम्पनीको फिल्ड कार्यालयमा
तालावन्दी गरी आन्दोलन शुरु गरेका हुन् ।
तेह्रथुमको सिंधुवा शुक्रवारे,
कोशीराजमार्गको हिले वसन्तपुर र वसन्तपुर म्याङलुङ खण्ड, धनकुटाको लेगुवा
जोड्ने दारेगौंडा मारेककटहरे सडकको मर्मत संभारको काम वाईपी कन्ट्रकसन संग
पेटी ठेक्कामा लिएर काम गरेका ६ जना वढी निर्माण व्यवसायीहरु पनि मुख्य
ठेकेदार राजुप्रसाद श्रेष्ठ संग पैसा माग गर्दै आन्दोलनमा उत्रीएका छन् ।
वाईपी कन्ट्रकसन संग आपसी समझदारीमा एक वर्ष अघि काम लिएर सडक निर्माण
गरेको तर अहिले सम्म एकपैसा पनि नदीएको निर्माण व्यवसायी केशव श्रेष्ठले
बताए ।
कामको जिम्मा लिएका पेटी ठेकेदार नै मुख्य
ठेकेदारले पैसा नदीएको भन्दै आन्दोलनमा उत्रीएपछि निर्माणाधिन सडकको काम
लथालिग भएको छ । मुख्य ठेकेदारले पैसा नदीएको भन्दै निर्माण व्यवसायीले काम
रोकेपछि यि सवै सडक भत्कीएर सवारी गुढ्न नसक्ने अवस्थामा पुगेका छन् ।
मुख्य ठेकेदार श्रेष्ठ संग आफुहरुले २ करोड ५० लाख रुपैंया पैसा पाउन वाकी
रहेको निर्माण व्यवसायी राजेन्द्र घतानीले बताए ।