१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल न...
१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमसँग स्पष्टीकरण
सोधेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पेनीस कम्पनी सान होसेलाई कालोसूचीमा राखेको सूचना गत असार २८ गते निकालेको थियो ।
मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता–समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्द गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण सञ्चालक समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनी सान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको खबर नागरिकमा छापिएको छ।
source : onlinekhabar