काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको आरोप लगाएक...

शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न सत्तापक्षले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन । उनले सत्तारुढ दलले हार्ने देखेपछि रातारात प्रमुख जिल्ला अधिकारी र न्यायाधीश सरुवा गरेर निर्वाचन आचारसहिताको खिल्ली उडाएको बताए ।
अध्यक्ष ओलीले सम्बोधनका
क्रममा तेस्रो चरणको स्थानीय निर्वाचनमा असफल भएपनि आगामी प्रदेश र
प्रतिनिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएरै छाड्ने दावी गरे ।
सरकारको अलोकतान्त्रिक चरित्रका कारण तेस्रो चरणमा असफल भयौ, सत्तापक्षले
पैसा बाँड्यो, धाँधली गर्यो ।
आफ्नो
पक्षमा नलाग्ने पुलिस प्रशासकलाई रातारारत सरुवा गर्यो । त्यसकारण हामी
असफल भएका हौँ,’ ओली भने ‘२ नम्बर प्रदेशका जनताले सामाजिक सद्भावको पक्षमा
लागेको पार्टीलाई अलि चिनेनन की जस्तो पनि छ । मैले निर्वाचन निश्पक्ष
निर्वाचन होस् भन्दा मलाई नै निर्वाचन आचारसंहिता उलंघन गरेको भनेर आयोगले
पत्र काट्यो । तर एमाले पहिलो नै छ, हुन्छ र रहन्छ ।’
प्रदेश
र केन्द्रको चुनावमा एमाले पहिलो शक्ति बनेर बहुमतको सरकार बनाउने भन्दै
नेता कार्यकर्तालाई ढाडस दिँदै ओलीले चुनावसम्म जनबर्गिय संगठनहरुलाई
जनतामा गइरहन निर्देशन दिए । उनले चुनावसम्म संगठनका कुनैपनि सम्मेलन नगर्न
पनि निर्देश दिए ।
एमालेको नीति
नेपाली माटो सुहाउँदो रहेको भन्दै ओलीले बौद्धिक विलास र गफ गर्ने पार्टी
एमाले नभएको दावी गरे । राष्टिֿयता र लोकतन्त्रप्रति एमाले कहिल्यै
नडगमगाउने एमालेको पहिचान भएको ओलीको भनाई थियो । ०४६ अघि र पछिका पार्टीका
नेता कार्यकर्तामा अन्तरविरोध रहेको भन्दै अबको दशबर्षपछि त्यो अन्तरविरोध
सकिने दावी गरे ।
चुनावमा एमालेसँग
एक्लै भिड्न नसकेर माओवादी कांग्रेसले गठबन्धन गरेकोे भन्दै पूर्व
प्रधानमन्त्री समेत रहेका ओलीले एमाले घाटमा बसेर २÷२ जना मान्छे
तार्नेजस्तो पार्टी नभएको अध्यक्ष ओलीले बताए । ‘एमाले मिलिटिएड पार्टी
हैन, राजनीतिक संगठन हो । परेड खेल्ने पार्टी होइन,’ चुनावलाई खेलको संज्ञा
दिँदै ओलीले खेलमा खेलाडीबीच हुने सल्लाह अरुले देखेपनि सुन्न नसक्ने
टिप्पणी गरे । source ratopati