काठमाडौं–उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले...

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीको काम कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका हुन् । उनले भने,‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन्, सरकारले काम अघि बढाउँछ, रोकिँदैन्।’
उनले बुढीगण्डकीको बारेमा अदालतले हेरिरहेकोले हतारिएर संसदीय समितिले निर्णय गर्नु आफैमा गलत भएको आरोप लगाए ।
उनले भने,‘अदालतले निर्णय दिनुपर्दथ्यो, ढिला भयो तर अदालतमा विचाराधिन रहेको विषयमा समितिले हतार–हतार गर्नु राम्रो होईन्।’ उनले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो पोखे । उनले थपे,‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएका छैन।’
मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गरे । उनले थपे,‘समितिले कुनैपनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो नि।’ यद्धपी उनले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताए ।
उनले गेजुवाको विवादको बारेमा आएका टिप्पणीप्रति धारणा राख्नदै भने,‘गेजुवा पुँजी नभएको कम्पनी होईन, काम नै गर्न सक्दैन भन्नुपनि गलत हुन्छ, हो तर हामीसँग भएका सम्झौता अनुसार काम भयो कि भएन ? यो विषयमा ध्यान दिन जरुरी छ, उसले भएको सम्झौता अनुसार पालना गरेको कि गरेन, त्यसबारेमा क्रसचेक गर्न सकिन्छ, यदि गलत गरेको छ भने त्यही अनुसार निर्णय लिनुपर्छ।’
शाहीले आफूलाई ६ महिनामात्रै निर्वाध रुपमा काम गर्न दिए विद्युत प्राधिकरणलाई नाफामा ल्याउने विश्वास दिलाए ।
उनले विद्युत चुहावट रोक्न सकेपनि प्राधिकरणमा सकारात्मक संकेतहरु देखिन सक्ने विश्वास दिलाए ।
उनले आफू जहिल्यै पनि राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने व्यक्ति भएको स्पष्ट पारे ।
रातोपाटी source