ताप्लेजुङ/ ताप्लेजुङ सदरमुकाममा विष्णु न्यौपानेले खोलेको चिया पसलमा दैनिक १५ कप पनि चिया बिक्दैन । डिस होम, रेडियो, टिभि, लगायतका ईलेक्ट्...
ताप्लेजुङ/ताप्लेजुङ
सदरमुकाममा विष्णु न्यौपानेले खोलेको चिया पसलमा दैनिक १५ कप पनि चिया
बिक्दैन । डिस होम, रेडियो, टिभि, लगायतका ईलेक्ट्रोनिक सामान बेच्ने
महेन्द्र खतिवडा बिक्रि ठप्प हुँदा पसल बेच्ने मोडमा पुगेका छन् । सदरमुकाम
फुङ्लिङका अन्य व्यवसायिहरु दशैको सिजनमा पनि आर्थिक मन्दि छाउँदा
व्यवसायनै परीवर्तन गर्ने सोचमा पुगेका छन् ।
दुई वर्ष अघि प्रति मन (४० किलो) एक लाख
नागेको अलैचीको मूल्यमा गिरावट आएकै कारण दशैको मुखमा समेत व्यवसाय
खस्किएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीको दावि छ ।
सरकारी कार्यालय नजिकै चिया पसल खोलेका
न्यौपानेले पहिले दैनिक ३० देखि ४० कप चिया बेच्ने गरेकोमा अहिले आएर आधाले
विक्रि घटेको बताए । घर भाँडा महिनाको १४ हजार आम्दानि घटेर पाँच हजारमा
झरेकाले अबको महिना देखि भाडा नघटाए व्यापार गर्न नसक्ने उनको भनाई छ ।
ईलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र
खतिवडा व्यापार ठप्प हुँदा सटरको भाडा २० हजार र आफु बस्ने ६/७ हजारको
कोठाको भाडा तिर्ने अबस्था नहुँदा पसलनै बेचेर घर फर्कर्ने सोचमा पुगेको
बताउछन् ।
“पहिले बिक्रि पनि राम्रै थियो दैनिक
४०/५० हजाराको टिभि, डिसहोम लगायतको सामाग्रि विक्रि हुन्थ्यो भाडा पनि
सहजै तिरिदै आएको थियो अहिले दैनिक दुई हजारको पनि सामाग्रि विक्रि हुँदैन
केले खाँने केले भाँडा तिर्ने” खतिवडा प्रस्न गर्छन । “अलैचिको भाउ एक लाख
माथि हुँदा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चहल पहल बाक्लै हुन्थ्यो ।
दशैको समयमा त सानु सडक भएको सदरमुकाममा
भिडभाडले सवारी साधन जाम समेत हुन्थ्यो अहिले त दिनभर पसल रुघेर बस्यो
विक्रि सुन्य छ दशैको समय होकि वर्खाको समय विक्रि छैन,” कपडा पसल सञ्चालक
कमला पौडेल बताए ।
ताप्लेजुङका स्थानियको मुख्य आम्दानिको
स्रोत मानिएको अलैचिको भाउ गत वर्षबाट लगातार घटेर मनको ३०/३५ हजारमा झरे
पछि सबै तिर यसको असर परेको हो । न्यूनतम २/४ मन अलैचि फलाउने कृषकहरुले
पनि मनको एक लाख बढि हुँदा सिजनको ४/५ लाख आम्दानि गदै आएकोमा अहिले
मुस्किलले ६० हजार देखि एक लाख सम्म मात्र आम्दानि गर्दा बालबच्चा पढाउन
देखि दैनिकि गुजार्न समेत मुस्किल पर्ने भएकाले पहिले जस्तो बजार गएर
सामाग्रि खरिद गर्ने अबस्था नभएको आठराई त्रिवेणि गाउँपालीकाका नवराज
सिटौला बताउँछन् ।
कृषकको आम्दानि घटेपछि त्यसको असर सिदै
व्यापार व्यवसायमा पर्छ, पहिले राम्रो व्यापार हुने आसामा पसल खोलका
व्यवायिको अबस्था अहिले नाजुक बन्न थाल्यो उद्योग वाणिज्य संघ ताप्लेजुङका
अध्यक्ष तारानाथ घिमिरेले बताए । व्यापारीले राम्रो आम्दानि गर्ने भएपछि
सदरमुकाममा पसल गर्ने सटर र कोठाको भाडा पनि बढाएका घर धनिले आम्दानि घटेको
एक वर्ष बिति सक्दा समेत व्यवसायिको मर्का नबुझ्दा व्यवसायिहरु व्यवसाय
छाडेर पलायन हुने अबस्था सुरु भएको व्यवसायि महेन्द्र खतिवडाको भनाई छ ।
ताप्लेजुङको व्यापारीक केन्द्र मानिएको तोक्मेडाँडा क्षेत्रका घर धनिले
पहिले तलाको सटरको मासिक २० हजार भाडा र त्यस अघि पेश्कि स्वरुप दुई लाख
दिए पछि मात्र कोठा दिने गरेका छन् ।
त्यसरी व्यापार सुरु गरेका व्यवसायि अहिले
धमाधम पसलनै छाड्न र पसल बिक्रि गर्न थालेको स्थानिय व्यावसायि प्रदिप
लिम्बु बताउछन् । दशैको मुखमा लत्ताकपडा, किराना साथै भाँडाकुडाको व्यापार
व्यवासायमा उत्साह हुनुपर्नेमा अहिले सबै ठप्प जस्तो नै रहेको
व्यापारीहरुको भनाई छ । ताप्लेजुङ जिल्लामात्र नभई अलैची उत्पादन हुने
पुर्वि जिल्लाहरु पाँचथर, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि
अलैचीको मुल्यमा गिरावट आएको छ ।
किन घट्यो अलैचीको भाउ ?
नेपालमा उत्पादन भएको अलैचिको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैचि काकडभिटा नाका हुँदै भारत नि¥यात हुन्छ भने पाँच प्रतिशत अलैचि नेपालमानै मसला, पुजा सामाग्रि लगायतमा प्रयोग हुने अलैचि व्यवसायिको भनाई छ । अहिले आएर भारतमा पनि अलैंची उत्पादन बढेपछि नेपालबाट बाहिरीने अलैचिको कमि आएको र उच्च रुपमा भाउ घटेको व्यवसायिहरुले बताएका छन् ।
नेपालमा उत्पादन भएको अलैचिको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैचि काकडभिटा नाका हुँदै भारत नि¥यात हुन्छ भने पाँच प्रतिशत अलैचि नेपालमानै मसला, पुजा सामाग्रि लगायतमा प्रयोग हुने अलैचि व्यवसायिको भनाई छ । अहिले आएर भारतमा पनि अलैंची उत्पादन बढेपछि नेपालबाट बाहिरीने अलैचिको कमि आएको र उच्च रुपमा भाउ घटेको व्यवसायिहरुले बताएका छन् ।
नेपाली अलैंची निर्यातकर्ता भारत
सिलगुडीका यदुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि नेपालको मूल्य घटेको
टेलिफोनमा बताए । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिलङ, असाम, मेघालय
लगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य
दिन नसकेको उनको भनाई रहेको छ ।
व्यवसायिले भाउ बढ्ने आसामा थन्क्याएर
राखेको अलैचि ढुसि आउने र पछिल्लो समय नक्कली अलैचि समेत मिसाएर बेच्दा
नेपालको अलैचि बहिर निकासीमा कमी आएको अलैचिको क्षेत्रमा अनुसनधान गरीरहेका
संस्थाहरुको दावि रहेको छ ।
नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तान
लगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकोले पनि
नेपाली अलैचिको मुल्य घटेको अलैचि सम्बन्धि अनुसनधान गरीरहेको हिमालिका
कार्यक्रमका सिपि भट्टराईले बताए ।
नेपालबाट भारत र पाकिस्तानमा पु¥याएको
अलैंचीमा नेपालबाट अलैंची जातको नक्कली वस्तु चुरुम्फा केही परिमाणमा
मिसावट भएपछि निर्यातकर्ताले माग घटाएका छन् । भियतनाम, ग्वाटेमालाबाट
अलैंची जस्तै नक्कली सामग्री भारत भित्रिएपछि अलैंचीको मूल्यमा गिरावट आएको
अलैचि व्यवसायि महासंघको आरोप रहेको छ ।
भाउ बढ्ने आशामा गोदामै अलैचि ।
गत वर्ष प्रतिमन बढिमा एक लाख १० हजार र कममा ६० हजार मा खरिदबिक्री भएको नेपाली अलैंची यस वर्ष ३५ हजारमा स्थिर रहेको छ । कहिले काहि त २७ हजारमा पनि बेच्नु पर्ने बाध्यता रहेको व्यापारी बताउछन् ।
गत वर्ष प्रतिमन बढिमा एक लाख १० हजार र कममा ६० हजार मा खरिदबिक्री भएको नेपाली अलैंची यस वर्ष ३५ हजारमा स्थिर रहेको छ । कहिले काहि त २७ हजारमा पनि बेच्नु पर्ने बाध्यता रहेको व्यापारी बताउछन् ।
मूल्य बढ्ने आशमा नेपाली व्यापारीले ८०
प्रतिशत अलैंची भण्डारण गरी राखेको ताप्लेजुङका व्यवसायी खेमराज केसीले
बताए । घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैँचीको
कारोबार अहिले पूरै सुस्ताएको छ ।
थोरै थोरै मात्र अलैचि साना सवारी साधनमा
बिर्तामोड पठाउने गरीएको छ भने ठुलो मात्रामा अलैचि ताप्लेजुङको गोदाममानै
थन्किएको अलैची व्यवसायिको भनाई छ । पहिले ठुला ट्रकमा लाईन लगाएर लैजाने
अलैचि अहिले साना सावारीमा थोरै मात्र लैजाने गरीन्छ । एक नगरपालिका र आठ
गाउँपालिका रहेको जिल्लामा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कूल चार हजार ५
सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।
रविन भट्टराई blatkhabar