एजेन्सी। कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ । सोनी टेलिभिजनले केही द...

एजेन्सी। कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ । सोनी टेलिभिजनले केही दिन अघि ‘पहरेदार पिया की’ लाई अचानक बन्द गरिदिएको छ र च्यानललले सेप्टेम्बरको अन्तिममा उनी सुपरहिट रियालिटी शो ‘सुपर डान्सर टु’ सहित आउने भएको छ । उक्त कार्यक्रम अन एयर भएपछि च्यानलले केही समयका लागि ‘द कपिल शर्मा शो’ बन्द गर्नेछ । च्यानलले कपिललाई उनको कार्यक्रममा परिवर्तन गर्न र स्वास्थ्य ठिक गर्नका लागि समय दिन चाहन्छ । इन्डियन एक्सप्रेसका अनुसार ८ बजे ‘द ड्रामा कम्पनी’ को साटो ‘सुपर डान्सर्स’ आउनेछ र ९ बजे ‘द ड्रामा कम्पनी’ टेलिकास्ट गरिनेछ । जब कपिल ठिक भएर कार्यक्रममा फिर्ता आउनेछन् तब उनको कार्यक्रमलाई १० बजेको समय दिइनेछ ।
पछिल्लो केही समयदेखि कपिल सेलिब्रिटीसँग सुटिङ रद्द गरेका कारण चर्चामा
छन् । कपिलले शाहरुख खान, अनुष्का शर्मा, अर्जुन कपूर, अनिल कपूर, अजय
देवगन, परेश रावलसँग सुटिङ रद्द गरेका छन् जसका कारण थुप्रै सेलिब्रिटी
उनीसँग रिसाएका पनि छन् । केही मानिसहरुका अनुसार कपिल बिरामी छन् त केही
मानिसहरुले कपिल अबेर रातीसम्म पार्टी गर्दछन् जसका कारण उनी बिहान चाँडै
उठ्न सक्दैनन् ।
यता च्यानलले भनेको छ, ‘कार्यक्रमलाई भिन्न तरिकाले पेश गर्नका लागि पहिलेदेखि नै समय चाहिएको थियो र यो बहानामा हामीले समय पनि पाइरहेका छौं । ‘द ड्रामा कम्पनी एक निश्चित समयका लागि हो र यदि यसको दोस्रो संस्करण आयो भने कपिलको कार्यक्रमलाई १० बजेको समय दिइनेछ ।’