सुनसरी । नेपालीहरूको महान पर्वहरू नजिकिदै गर्दा बिभिन्न सहरहरूमा हुने अपराधिक गतिविधीहरूलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनस...
सुनसरी । नेपालीहरूको
महान पर्वहरू नजिकिदै गर्दा बिभिन्न सहरहरूमा हुने अपराधिक गतिविधीहरूलाई
मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नो क्षेत्रमा सकृयता
बढाएको छ ।सुनसरीका नयाँ प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले आफ्नो
इलाकाहरूमा नया अपरेसन सुरू गरेसंगै फरार अभियुक्त तथा गुण्डागर्दीका
नाइकेहरू समातीन थालेका छन ।
सुनसरीमा आएको भोली पल्ट देखिनै थालीउको
उक्त अपरेसन अन्तरगत २५ दिनको अवधीमा १०५ अभियुक्तहरू समातीएको जिल्ला
प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिभिन्न अपराध गरी अदालतबाट सजाय
पाएका तर फरार रहेका अभियुक्त ,गाउ गाउमा चन्दा आतंक मचाउदै हिडने मुण्डले
लगायत गुण्डागर्दीमा संलग्न जिल्लाका केही नाइकेहरू गरी २५ दिनमा १०५
अभियुक्तहरू समातीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जसमध्ये ८३ जना सार्वजनीक मुद्धा ,
लागुऔषध सम्बन्धीको मुद्धामा १८ जना र अवैध सामान तस्करी मुद्धामा ४ जना
पक्राउ गरीएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अधिकांस अदालतबाट
सजाय सुनाइउका तर फरार रहेका सार्वजनीक मुदधाका अभियुक्तहरू रहेको र
उनिहरूबाट अदालतले ताकेता गरेको जरिवाना रकम १ लाख १ हजार ४ सय ७४ रूपैया
९१ पैसा असुल गरीएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसै गरी खुल्ला सिमानाको फाइदा उठाउदै
अवैध मालसामान तस्करी गर्ने केही ब्यापारीहरूलाई पक्राउ गरी मुद्धा दर्ता
गरीएको र उनिहरूबाट ४० लाख १७ हजार ६० रूपैया राजस्व असुल गरीएको जनाइएको छ
। त्यसैगरी जिल्लामा हुने लागुऔषध ओसार पसार तथा कारोबारमा संलग्न
आधादर्जन बढीलाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्धा दर्ता गरीएको र
उनिहरूको साथबाट ४९ थान एमिल , ४९ थान डाइजोपाम , ४९ थान सुर्पीजेशिक ,
एम्पुल , सिलिग्राम ब्राउनसुगर , १६९ क्याप्सुअल स्पास्मोप्रोक्सिभन र २१
केजी गाजा बरामद गरीउको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख
एसपी बिद्यानन्द माझीले बताए ।
उनले आफु आए लगत्तै अदालतको निर्देशन र
प्रसाशन कार्यालयको सहमतीस्वरूप जिल्लामा फरार रहेका अभियुक्तहरू पक्राउ
गर्ने अभियान स्वरूप चलाइएको अपरेसन हदैमात्रामा सफल भएको बताए । उनले अबको
केही दिनमै जिल्लामा नजिकिएको चाडवाडहरूलाई लक्षित गर्दै नयाँ शुरक्षा
योजना बनाउने र त्यसलाई कार्यानवयनमा ल्याइने बताए ।