काठमाडौं– असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ । शनिबार १ः४५ बजेसम्म १०६ स...

शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगरपालिकाको नतिजालाई महत्वका साथ हेरिएको छ ।
जसअनुसार कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्र १९, राजपा १८, एमाले १२, फोरम लोकतान्त्रिक ३ तथा नयाँ शक्ति र जनता दल १–१ स्थानीय तहमा विजयी भएका छन् ।
नतिजा आउन बाँकी ३० तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ । यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता छ भने एमालेको ७ तहमा अग्रता रहेको छ । यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।
source ratopati