धरान/ धरान १३ शिबधारा स्थित रहेको जी के रेष्टुरेन्टबाट एक जोडी यौनकर्मीलाई स्थानीय टोल सुधार समितिले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । आज...
धरान/ धरान १३ शिबधारा
स्थित रहेको जी के रेष्टुरेन्टबाट एक जोडी यौनकर्मीलाई स्थानीय टोल सुधार
समितिले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । आज बिहान धरान १३ का टोल सुधार
समिति तथा आमा समुहको सकृयतामा प्रक्राउ गरेका हुन।

याे सांकेतीक तस्विर हाे ।
स्थानियले यौनकर्मीको रुपमा रहेकी रेश्मा
राई तथा सुवास राईलाई सो टोल सुधार समितिले पक्राउ गरिएकाे धरान १३ टोल
सुधार समितिका अध्यक्ष थाम बहादुर राईले जानकारी दिए ।
राईका अनुसार होटलहरुमा दिनदहाडै अनैतीक
कृयाकलाप भईरहेको थाहा पाएर १ हप्ता अगाडी ती यौन कर्मीहरुलाई चेतावनी दिदै
यस्ता कृयाकलाप नगर्न आग्रह गरेपनि तीनीहरुले अटेरी गरी त्यस्ता
कृयाकलापमा लागेकाले बाध्य भएर पक्राउ गर्नु परेको बताए ।
राईका अनुसार राईद्धय घर भाडामा लिई
रेष्टुरेन्टका नाममा यौनधन्दा चलाईरहेको र ती कृयाकलापले समाजमा समेत
नकारात्मक असर परेकाले समितिको सक्रियतामा यस्तो कदम चालिएको हो। राईले
धरान १३ मा यस्ता कृयाकलाप अन्य बिभिन्न होटलका नाममा भईरहेकाले अन्यलाई
समेत प्रहरीको सक्रियतामा निगरानी बढाईने बताए ।उनीहरूलाइ उक्त ठाउबाट
हट्रन चेतावनी दिइएकाे छ ।

