मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थ...
मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित
पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको
घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको
बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको
थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद
राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका
बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया विनु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्राफिक प्रहरी पाेष््ट गाेठगाउँका अनुसार स्कारपिओका चालक अहिले इलाका प्रहरी कार्यलयकाे नियन्त्रणमा छन । थप अनुसन्धानभइरहेकाे छ। तिव्र गतिका कारण दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनमान छ ।


