२२ भदौ, दैलेख । किशोरी बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै किशोरीका आफन्तले सुर्खेतका लक्ष्मीप्रसाद आचार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय ...

कालीकोटस्थित खिड्कीज्युलाको आले होटलमा ३ दिनसम्म बन्धक बनाइएर हत्या गरिएकी तिलागुफा–५ खल्लागाउँकी १९ वर्षीया मन्सवा न्यौपानेका बाबुले जाहेरी दिएका हुन् ।
बाबु लालु न्यौपानेले ट्रक मालिक तथा चालक आचार्यविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
मृतकका दाजु उपेन्द्र न्यौपानेले अपराधी जोगाउन आर्थिक प्रलोभन देखाइएको बताएका छन् । उनले दोषिमाथि कडा कार्वाहीको माग गरेका छन् ।