काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उ...

दाङकी उनी एमाले सचिव शंकर पोखरेलमार्फत कुराकानी चलाएर एमाले प्रवेशमा जुटेकी हुन् ।
यसअघि पशुपति शमशेर राणाले पार्टी फुटाएसँगै चर्चित नायिका रेखा थापाले पनि राप्रपा छाडेकी थिइन् । थापा अहिले राणाको पार्टीमा आबद्ध छिन् ।
ओलीले अहिले चुनाव लड्नका लागि टिकटको फिक्स गराएर एमाले प्रवेशमा जुटेको बताइएको छ ।
गत वर्षको मंसिर ६ गते कमल थापाको हातबाट टिका लगाएर वली राप्रपामा प्रवेश गरेकी थिइन् भने सोलगत्तै उनले रेडियो नेपालको जागिर पनि त्यागेकी थिइन् ।
वलीलाई यसविषयमा बुझ्न सम्पर्क गर्दा भने सम्पर्कमा अाइनन् । source ratopati