सिरहा जिल्लामा स्थानीय तहको प्रमुखमा एमालेले खाता खोलेको छ । सिरहाको नरहा गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । ए...

सिरहा जिल्लामा स्थानीय तहको प्रमुखमा एमालेले खाता खोलेको छ ।
सिरहाको नरहा गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका राम शरण यादव १६५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका सोगारथ यादवले १४७८ मत ल्याएका छन् ।
उपप्रमुख एमालेकी गुलाबदेवि चौधरी १८५५ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी सञ्जीला यादवको पक्षमा १३३३ मत खस्यो ।