काठमाडौं/ गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि न...
काठमाडौं/गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् ।

केही समय अघि मिलन अमात्यले सम्बन्ध
बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् । तर
आज सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध
बिच्छेद भएको छ । सम्बन्ध बिच्छेदका कारण बारे केही खुलाउन नचाहेका
मेन्सनले सोमबारबाट दुबै जना अलग भएको जानकारी भने दिए ।
यो बिषयमा मिलनसँग सम्पर्क गर्दा पछि कुरा
गर्छु भनेर पन्छिन चाहिन् । गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण
मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दीपक र मिलनले यो
कुरालाई अस्वीकार गर्दै आएका छन् ।
उज्यालाेअनलाइन