सुनसरी/ गत श्रावन २७ गते राती आएको बाढीमा बगाउँदैै गरेको मानिसको ज्यान बचाउन महत्वपूर्ण योगदान गरेको भन्दै दुहवीका बीरु ऋषिदेव र अनिल ऋष...
सुनसरी/
गत श्रावन २७ गते राती आएको बाढीमा बगाउँदैै गरेको मानिसको ज्यान बचाउन
महत्वपूर्ण योगदान गरेको भन्दै दुहवीका बीरु ऋषिदेव र अनिल ऋषिदेवलाई
लायन्स क्लव अफ इटहरी सिटीले सम्मान गरेको छ ।
इटहरी सिटि सँगै ट्वीटेरियन सोसाईटी
इटहरी, सुनसरीले सम्मान सहित राहत बितरण गरेको हो बुढीगङ्गा नदीमा आएको
बाढीमा इटहरी ४ बाट बगेकी सानुमाया राईलाई दुहवीमा पुर्याएको अवस्थामा
जिवितै उद्धार गर्ने कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । बिरु र
अनिल दुवै लाई सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी सामग्री र
दुवैको परिवारलाई समेत लत्ताकपडा समेत उपलब्ध गरिएको हो ।
दुहवीमा बुढी नदिको बाढी आएको बेला बाढीमा
४ घण्टा बगेकी इटहरी–४ घर भएकी सानुमाया राईको को उद्धार को लागी वीरु
ऋषिदेव र अनिल ऋषिदेवलाइ सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी
समान, बिरु र अनिलका पुरै परिवारलाइ पुग्ने कपडा सहित सम्मानित गरेको
लाईन्स क्लब अफ इटहरीक सिटिका अध्यक्ष राजन सुवेदीले वताए । अन्य संस्थाको
सहयोग पनि रहेको उनको भनाई थियो ।
दुहवी स्थित सुनसरी समुदायिक हस्पिटलले
सानुमाया राईको उपचार निस्शुल्क गरि ठुलो योगदान गरेको भन्दै हस्पिटल
संचालक सरोज कुमार सिंहलाइ पनि सम्मान गरिएको थियो । सानुमायाको पर्खाइमा
ज्यान बचाउने वीरु ऋषिदेव, अनिल ऋषिदेव बुढी गंगा गाउँपालिका–५ खोला
किनारमा रहेको सुकुम्वासी डिपु टोलमा बस्छन् ।
स्राेत :