ऋषि राई बेलबारी। बाटोमा नङ्गो तार झुन्डिदा मानिसहरूलाई आवत जावत गर्न एकदमैसमस्या भएको छ । नेपाल विद्युत प्राधिकरण मुलुकभरी लोडसेडिङ अन्...
ऋषि राई
बेलबारी।
बाटोमा नङ्गो तार झुन्डिदा मानिसहरूलाई आवत जावत गर्न एकदमैसमस्या भएको छ । नेपाल विद्युत प्राधिकरण मुलुकभरी लोडसेडिङ अन्तय गर्ने अभियानका साथ अघी बढि रहेको छ । सो कार्य एक्दमै राम्रो हो । तर बिड्म्बना कस्तो भने पुर्वपश्चिम लोक मार्गको भाउन्ने चोकबाट ५ किलोमीटर दक्षिणमा पर्ने बेलबारी वडा नं. ८ सैतान टोलमा बिजुलीको नाङ्गो तारले समस्या उत्पन्न गरेको छ ।
बाटो भरी लमतन्न विद्युत सहितको नाङ्गो तार झुन्डिदा गाउँ नै उच्च जोखिनमा छन् ।
गाउँका अधिकाङ्स घरहरू खर्र र बाँसबाट बनेका छन् । घर नजिकै रहेको वस्तिमा कुनै कारणबाट नाङ्गो तार एक आपसमा जोडीन गै बिद्युत सट्ट भएमा गाउँ नै खरानी बन्न सक्ने खतरामा छ । सो बाटो भै दिनहु गाउँहरू आवतजावत गर्ने गर्छन । साथै स्कुले विद्यार्थीहरु पनि स्कुल जाने गर्छन् । तर बाटो भरी असरल्ल नाङ्गो तार हुँदा डर सरी हिड्पर्ने स्थानियवासी चमारु राजबङ्सीको भनाई छ । पटक–पटक बेलबारीमा रहेको विद्युत प्राधिकरणमा लिखित निवेदन दिँदा पनि समस्याको सुनुवाई नभएको महिला वडा सदस्य सुजान कुमारी राजबङ्सीले दुखेसो गरिन् । सडकमा राखिने प्रत्येक पोल ५० मिटरको दुरिमा हुनु पर्ने हो । तर सो स्थानमा एउटा पोलदेखि अर्को पोलसम्मको दुरी एक सय ५० मिटरसम्मको छ ।
दुरी लामो हुँदा विजुलीको पोलबाट तार लत्रिएको हो । त्यसरी तार लत्रिदा सो समस्या उत्पन्न भएको हो ।
यस समस्याप्रति विद्युत प्राधिकरण बेलबारी शाखा अनविज्ञ छ । यस विषयमा कुनै जानकारी नभएको बेलबारी प्राधिकरणका प्रमुख बिनोद कुमार यादव बताले बताए । ‘म भर्खरै आएको हो । यस विषयमा मलाई त्यति धेरै जानकारी छैन ।’ यादवले बताए । तर अब उक्त समस्याको पहिचान गरी तत्कालै समस्याको समाधान गरिने यादवले बताए । सोहि समयमै यादवले आफु मातहातकका कर्मचारीहरूलाई बोलाएर सो समस्या बारे बुझ्न समेत निर्देशन दिए ।