काठमाडौं -काठमाडौँमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइने खानेपानी वितरणको तयारी स्वरुप मेलम्ची खानेपानी आयोजना २ ले काठमाडौँमा विछ्याइए...

काठमाडौँको सुन्दरीजलदेखि चावेलस्थित महाङ्कालसम्म मुख्य पाइपलाइन सफाइ कार्य सकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
६
सय ७० किलोमिटर वितरण प्रणालीमध्ये ६ सय १० किलोमिटरमा पाइपलाइन विस्तार
गरिसकिएको छ भने ५१ किलोमिटर मुख्य वितरण प्रणालीमध्ये ४८ किलोमिटर
पाइपलाइन विस्तार भइसकेको छ । पाइपलाइन विस्तारसँगै पानी वितरणको परीक्षण
थालिएको आयोजना २ अन्तर्गत आयोजाना कार्यान्वयन निर्देशनालयका प्रवक्ता
लिलाप्रसाद ढकालले जानकारी दिए । गुह्वेश्वरीस्थित बागमती ट्रिटमेन्ट
प्लान्टबाट निकालिएको पानीबाट पाइपलाइनको सफाइ तथा परीक्षण थालिएको हो ।
गत
शनिबारदेखि बागमतीको पानी प्रशोधन केन्द्रबाट निकालिएको प्रशोधित पानीबाट
सफाइ तथा परीक्षण थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत
रहेको केन्द्रीय कार्ययोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कतिपय
स्थानमा भल्ब बनाउनुपर्ने अवस्था रहेकाले ती स्थानमा निमाार्ण सकिएपछि सफाई
गरिने प्रवक्ता ढकालले जानकारी दिए ।
मेलम्चीको
पानी काठमाडौँ आइपुग्ने वित्तिकै वितरण गर्ने लक्ष्यका साथ तयारी गरिरहेको
र पानी काठमाडौैँ झर्ने बित्तिकै घर घरमा पानी विवरण हुने आयोजनाको भनाइ छ
।
५ स्थानमा पानी सङ्कलन केन्द्रको काम सकियो
मेलम्चीबाट आएको पानी सङ्कलन तथा वितरणका लागि उपत्यकाका विभिन्न ठाउँमा पानी सङ्कलन केन्द्रको निमार्ण भइरहेको छ । यतिबेलासम्म ५ वटा पानी सङ्कलन केन्द्र निमार्ण सम्पन्न भइसकेको प्रवक्ता ढकालले जानकारी दिए । काठमाडौँको महाङ्काल चौरको, बाँसबारी, बालाजु, महाराजगञ्ज र खुमलटारको पानी सङ्कलन केन्द्रको निमार्ण सम्पन्न भइसकेको छ ।
मेलम्चीबाट आएको पानी सङ्कलन तथा वितरणका लागि उपत्यकाका विभिन्न ठाउँमा पानी सङ्कलन केन्द्रको निमार्ण भइरहेको छ । यतिबेलासम्म ५ वटा पानी सङ्कलन केन्द्र निमार्ण सम्पन्न भइसकेको प्रवक्ता ढकालले जानकारी दिए । काठमाडौँको महाङ्काल चौरको, बाँसबारी, बालाजु, महाराजगञ्ज र खुमलटारको पानी सङ्कलन केन्द्रको निमार्ण सम्पन्न भइसकेको छ ।
यस्तै
भक्तपुरको बोडे टिगनीमा रहेको पानी सङ्कलन केन्द्रको काम ८० प्रतिशत
सकिएको छ भने कीर्तिपुरमा रहेको पानी सङ्कलन केन्द्रको काम ५० प्रतिशत
सकिएको छ । यता भक्तपुरको कटुञ्जेमा निमार्ण गरिने भनिएको पानी सङ्कलन
केन्द्रको काम भने अझै सुरु भएको छैन । वर्षा सकिएलगतै काम सुरु गरिने
प्रवक्ता ढकालको भनाइ छ ।
४५ हजार
घरमा जाने पाइपलाइन विस्तार भइसकेको छ भने विभिन्न स्थानमा भल्भ च्याम्बर
निमार्णको काम पनि भइरहेको छ । खुद्रा वितरण प्रणालीअन्तर्गत घर घरमा धारा
पुर्याउन अब ६० किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी छ भने मुख्य पाइपलाइन
५ किलोमिटर विस्तार गर्न बाँकी रहेको छ । मङ्सिर अन्तिमसम्म काम गर्ने
समयसीमा रहेकाले उक्त अवधिभित्र काम सक्नेगरी काम भइरहेको प्रवक्ता ढकालको
भनाइ छ ।
वर्षातको समय भएकाले यतिबेला
काम अगााडि बढाउन केही ढिलाइ भएको उनले बताए । खानेपानी वितरणका लागि
आयोजना निर्देशनालयले पानीको मुख्य पाइपलाइनका साथै घर घरमा पुग्ने हरेक
पाइपलाइनको सफाइ गर्ने भएको छ । पाइप सफाइ गर्न भनेर नै नयाँ पाइपलाइन
पुगेका घरमा मिटरसमेत राखिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयका
प्रवक्ता लिलाप्रसाद ढकाल भन्छन्– मेलम्चीको पानी काठमाडौैँ झर्नेबित्तिकै
घरघरमा पानी पुग्छ, पानी आउने बेलासम्म हामीले वितरण प्रणालीलाई चुस्त
दुरुस्त अवस्थामा निमार्ण सम्पन्न गरिसकेका हुनेछौँ ।
मेलम्ची खानेपानी योजनाका लागि झन्डै २७ किलोमिटर टनेल खन्नुपर्नेमा अब २ किलोमिटर खन्न बाँकी रहेको छ । ratopati