वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । फोरमका उम्मेदवार विजयकुमार सरावगीले कां...

वीरगञ्ज–
वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार
विजयी भएका छन् । फोरमका उम्मेदवार विजयकुमार सरावगीले कांग्रेसका मेयर
उम्मेदवार अजयकुमार द्धिवेदीलाई १५०० बढी मत अन्तरले हराउँदै विजयी भएका
हुन् । अहिले मतगणना सकिएको र आधिकारिक घोषणा गर्न बाँकी रहेको
निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वीरगन्ज महानगरमा ८४३१३ मत
खसेको थियो । यसैगरी उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी
शान्ति कार्की उपमेयरमा विजयी भएकी हुन् ।