काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा टिबी (टेक बहादुर) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कार्की छैठौं विश्व सम्मेलनबाट उ...
काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा टिबी (टेक बहादुर) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।कार्की छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष भएका थिए भने सातौ अधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहेका थिए । छैंटौ विश्व सम्मेलनमा कार्कीले तिन सय मत प्राप्त गरि विजयी भएका थिए । कार्की गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । सातौ महाधिवेशनमा कार्कीले हालका अध्यक्ष शेष घलेसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।
हालका अध्यक्ष शेष घलेले आफ्नी पत्नी जमुना घलेलाई अगाडी नसारेको अवस्थामा उनले कार्कीलाई सहयोग गर्नसक्ने सम्भावना रहेको बताइन्छ । एनआरएनको स्थापनाकाल देखि संस्थामा आवद्ध कार्कीको कतारमा निर्माण कम्पनी रहेको छ । कतारमा द बेच जनरल सर्भिस कम्पनीका सञ्चालक कार्की हुन् । कार्कीको कम्पनीमा नेपाली कामदारहरु पनि कार्यरत छन् । ratopati
वर्तमान उपाध्यक्ष भवन भट्टले यस अघि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुई वर्षे कार्यकाल रहेको एनआरएनको विश्व सम्मेलन असोजको अन्तिम साता राजधानीमा हुँदैछ ।

