काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा टिबी (टेक बहादुर) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कार्की छैठौं विश्व सम्मेलनबाट उ...

कार्की छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष भएका थिए भने सातौ अधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहेका थिए । छैंटौ विश्व सम्मेलनमा कार्कीले तिन सय मत प्राप्त गरि विजयी भएका थिए । कार्की गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । सातौ महाधिवेशनमा कार्कीले हालका अध्यक्ष शेष घलेसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।
हालका अध्यक्ष शेष घलेले आफ्नी पत्नी जमुना घलेलाई अगाडी नसारेको अवस्थामा उनले कार्कीलाई सहयोग गर्नसक्ने सम्भावना रहेको बताइन्छ । एनआरएनको स्थापनाकाल देखि संस्थामा आवद्ध कार्कीको कतारमा निर्माण कम्पनी रहेको छ । कतारमा द बेच जनरल सर्भिस कम्पनीका सञ्चालक कार्की हुन् । कार्कीको कम्पनीमा नेपाली कामदारहरु पनि कार्यरत छन् । ratopati
वर्तमान उपाध्यक्ष भवन भट्टले यस अघि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुई वर्षे कार्यकाल रहेको एनआरएनको विश्व सम्मेलन असोजको अन्तिम साता राजधानीमा हुँदैछ ।