१९ भदौ, काठमाडौं । चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित ‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रममार्फत संकलित पैसा ह...
१९ भदौ, काठमाडौं । चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित
‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रममार्फत संकलित पैसा
हालै हस्तान्तरण गरिएको छ । संस्थाको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य
केशव क्षेत्रीले आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई १ लाख ४१ हजार ५
सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।पत्रकार रवि लामिछानेको टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को
कार्यकक्षमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा
पुनले चितवन समाज आयरल्याण्डका साथै सहयोगीहरुलाई धन्यवाद दिए ।
संस्थाका अध्यक्ष चेतराज ओलीले यस अभियानमा हातेमालो गरी सहयोग
पुर्याउने समस्त आयरल्याण्डवासी नेपालीहरुमा आभार व्यक्त गरे । विगतदेखि
नै गरिब, बिरामी, प्रकोप पिडित लगायतका समस्याग्रस्त क्षेत्रको हितका लागि
चितवन समाज आयरल्याण्ड क्रियाशील रहँदै आएको छ ।