परासी– नवलपरासीमा आइतबारदेखि ताजिया मेला शुरु भएको छ । तीन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आइतबारबाट शुरु भएको छ । ताजियाको ...
परासी–
नवलपरासीमा आइतबारदेखि ताजिया मेला शुरु भएको छ । तीन दिन चल्ने मुस्लिम
समुदायको ताजिया मेला आइतबारबाट शुरु भएको छ । ताजियाको दर्शन गर्न
भक्तजनहरुको भीँड बढ्न थालेको छ ।मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व यहाँका मुस्लिम समुदायले ठूलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हिजरीको पहिलो महिना मोहरमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहरम पर्व कसैले ताजिया बनाई त कसैले विविध कार्यक्रम गरी मनाउने गरेका छन् ।
जिल्लाको सिमावर्ती क्षेत्र सरवाल गाउँपालिकाका वार्ड नम्बर ७ भुजहवाँमा ठुला तजिया बनाई मेला संचालन गरिएको छ । ७० फिट उचाई, ३० फिट चौडाई आकारमा ३२ खण्डको उक्त ताजिया बनाइएको छ । एक वर्ष लगाएर दुई जना ताजिया मिस्त्रीले बाँसैबासमा रङ्गिनचङ्गिन कागज बेरेर उक्त ताजियालाई सजाएको ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष राखलखन कुश्वाहाले बताए ।
जिल्लाको भुजहवा, महेशपुर र भगतपुरवा भन्ने गाउँमा ठुलो ठुलो ताजिया बनाई मेला संचालन गरिएको छ । मेलामा हिन्दु मुस्लिम समुदायको नेपाल भारतबाट हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेको अध्यक्ष कुश्वाहाले बताए ।
वर्षौदेखि परम्परागत रुपमा मनाईँदै आएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेलसमेत प्रदर्शन गरिन्छ ।
source :ratopati

