सम्राट सिंह बझाङ - नेकपा एमाले, बझाङले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक...
सम्राट सिंह बझाङ - नेकपा एमाले, बझाङले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रिय सदस्य भैरव सिंह र पूर्व बनमन्त्री भानुभक्त जोशीको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ भने सामानुपातिकतर्फ लाल बहादुर रावल, मान प्रसाद खत्री, बिना केसी र कलक विकको नाम सिफारिस गरेको छ ।
प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष दिल बहादुर सिंह र पूर्व अध्यक्ष अर्जुन बहादुर थापाको नाम सिफारिस गरेको छ भने समानुपातीकतर्फ निल गगन बहादुर सिंह, प्रयाग राज जोशी, दमन भण्डारी, राधा बिष्ट,पार्वती जोशी र देवकी जोशीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ बिरेन्द्र भण्डारी, दिल बहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ तारा बोहरा, अतित ओड, भागरती सिंह, गौरीप्रसाद सोती, धनादेवि कुँबर र नरदेव बढुको नाम सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले रातोपाटीलाई बताए ।